'डिफेन्डिङ च्याम्पियन' सराईलाई घोरबन्दा कपको उपाधि, सुजन बने सर्वोत्कृष्ट
पाल्पा | भदौ २२, २०८१
पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा सम्पन्न नकआउट फुटबल प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन सराई एफसीले जितेको छ ।
हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा शुक्रबार भएको फाइनल खेलमा दमकडा ब्रदर्शलाई २–१ गोल पराजित गर्दै सराईले उपाधि जितेको हो ।
सराई गत वर्षकोसमेत विजेता हो । सराईको जीतमा अवतार थापाले २ गोल गरे । यता हार व्यहोरेको दमकडाका तर्फबाट आवेश शाहीले १ गोल गरे ।
उपाधिसँगै सराईले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाापत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको दमकडालाई नगद रु ३० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेको खेल संयोजक अर्जुन चर्तीले जानकारी दिए ।

उनका अनुसार सो प्रतियोगिताबाट सराईका सुजन रानामगर सर्वोत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।
सर्वाधिक गोलकर्ताका रुपमा अवतार थापामगर (४ गोल), उत्कृष्ट गोलरक्षकका रुपमा दमकडाका विशाल चौवे, उत्कष्ट डिफेण्डरमा सराइककै सुमित मल्ल, उत्कृष्ट फरवार्डमा आवेश शाही र उदीयमान खेलाडीका रुपमा नवजागृति निलो का आदेश सारुमगर पुरस्कृत भए ।
कुल १३ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई प्रमुख अतिथिसमेत रहेकी बगनासकाली गाउपालिकाकी प्रमुअ सरस्वती दर्लामी चिदी, वडा १ का वडाध्यक्ष शेर बहादुर चिदी, वडा सदस्य मानु सोमै, लुम्बिनी प्रदेश फूटबल संघ उपमहासचिव प्रज्वल उदय, हनेरी क्याप्टेन आनन्द कुमार थापा सारु, क्लबका सल्लाहकारहरु सु. बि.एस. थापा, घोरबन्दा महिला समुहको अध्यक्ष कविता गाहा, कानुङ लाङ्घाली गुमष्ठा घोरबन्दाका अध्यक्ष बलराज गाहा लगायतले पुरस्कार वितरण गरेका थिए ।
समापन कार्यक्रममा नवजागृती युवा क्लबका कलाकारहरुले विविध सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
क्लबका अध्यक्ष जनक गाहाको सभापतित्वमा सम्पन्न कार्यक्रको सञ्चालन क्लबका पूर्व अध्ष्क्ष दिनेश कुमार थापा सारुले गरेका थिए ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

